नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको प्रेमको चर्चा नसुन्ने त सायदै होलान् । यतिबेला ‘डिप लभ’मा रहेको यो जोडी सानो पर्दा र ठुलो पर्दामा पनि सँगै देखिदै आएको छ । तर, आयुष्मान अब पुर्व प्रेमका परमिता राज्यलक्ष्मी रानासँग पनि स्क्रिन सेयर गर्दैछन्, चलचित्र ‘चङ्गाचेट’मा ।

चलचित्र ‘चपली हाईट २’ को बेला आयुष्मान र परमिताको प्रेमको चर्चा खुबै थियो, जस्तो यतिबेला प्रियंकासँग उनको छ । तर, बिस्तारै आयुष्मानको जीवनमा प्रियंका ‘इन’ भईन् भने परमिता ‘आउट’ ।

यतिबेला यि तीनै जना अब एकसाथ पर्दामा देखिदैछन्, जुन खबरले मात्रै पनि एउटा कौतुहलता जगाएको छ । सिनेमामा आयुष्मानले पुर्वप्रेमिका परमितासँग रोमान्स गर्छन् कि प्रियंकासँग ? यतिबेला सर्वत्र चासोको बिषय बनेको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्र ‘चङ्गाचेट’ जनकपुर, काठमाडौं र पोखरामा खिचिने छ ।

सिनेमामा रविन्द्र झा, ऋचा शर्मा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायत कलाकारहरुको पनि अभिनय रहनेछ । प्रदिप भारद्धाजको कथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहने यस सिनेमालाई माधव वाग्लेले निर्माण गर्नेछन् ।

For More videos Log on to Mazzako TV