‘मंगलम’ लाई दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ
गत साता बाट प्रदर्शनमा फिल्म ‘मंगलम’ ले दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ । यो शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन भैरहेको फिल्मको कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन । सिंगल ‘स्कृन’ मा उक्त फिल्मले दर्शकबाट राम्रो रेस्पोन्स बटुलिरहेको छ ।

वितरक गोपाल कायस्थका अनुसार, मल्टिप्लेक्समा पनि फिल्म हेर्ने अडियन्सको संख्यामा वृद्धि हुँदै गएको छ । फिल्मले दोस्रो साताको शनिवार देशैभर हाउसफूल ब्यापार गरेको बताइएको छ ।
दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेशमा ठूलो प्रभाव पारेको छ । दर्शकको उत्साहजनक उपस्थितिका कारण दोस्रो सातामा राजधानीका मल्टिप्लेक्सले ‘मंगलम’ लाई थप शो उपलब्ध गराएका छन् ।

For More videos Log on to Mazzako TV








