दाईजो बिरुद्ध ‘बोकेदारी’को ‘झापा सुरुङ्गा’ (भिडियो)
कमेडी गीतहरुबाट समाज परिवर्तनका लागि उल्लेखनिय भुमिका खेल्दै आएका गायक हुन्, श्रीकृष्ण लुईंटेल ‘बोकेदारी’ । रमाईलो पारामा गीतको माध्यमबाट समाजका कुरिति, बिकृती र बिसंगतीहरुका बारेमा चर्को आवाज उठाउदै आएका ‘बोकेदारी’ यसपाली भिन्नै स्वादमा निकै गहकिलो सन्देसमुलक गीत लिएर आएका छन् ।

‘झापा सुरुङ्गा’ बालको नयाँ गीति भिडियो लिएर आएका श्रीकृष्णले सामाजिक चेतनामुलक यो गीतले पनि सदा झै दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताए । यसपटक उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन्।

विवाहको लागीअर्काको छोरी लिन आउँदा ‘जीवन छोरीसँग बिताउने हो दाईजो सँग होईन’ भन्ने मुल नारा गीतले बोकेको छ। गीतमा दिपेश प्रसाईंको शब्द छ भने संगीत कृष्ण भन्डारीले दिएका छन्।
For More videos Log on to Mazzako TV








