उच्च प्रविधि सहितको सिनेमाको काम गर्ने स्टुडियो रिङ सञ्चालनमा आएको छ । बिशेषत सिनेमाको प्राविधिक काम र गीत संगीतका कामको लागि यो स्टुडियो लाभदायक हुने बताईएको छ । ललितपुरको एकान्तकुनामा रहेको यस स्टुडियोलाई संगीतकर्मी दिपक रमणले संचालनमा ल्याईएका हुन् ।

स्टुडियो रिङलाई बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन बाटै केही गीतको रेकर्डिङ समेत गरिएको थियो । स्टुडियो रिङ संचालनको लागि दिपकसँगै दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जनले सहकार्य गरेका छन् ।

 

For More videos Log on to Mazzako TV