लेखक तथा अभिनेता खगेन्द्र लामिछाने अभिनित फिल्म ‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मकोे ‘तितेताते तितेताते झ्याप झ्याप’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा फिल्मका मुख्य कलाकारहरु खगेन्द्रसँगै मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवालाई डण्डीबियो सिक्दै गरेको देख्न सकिन्छ । कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको गीतको शब्द एकतारे, काली र हर्क साउदले लेखेका हुन् ।

छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्ममा कलाकार अनुप बराल डण्डीबियो प्रशिक्षकको भूमिकामा देखिएका छन् । उक्त फिल्ममा अंकित खड्का, अशान्त शर्मा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार लगायतको पनि अभिनय छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् ।

 

For More videos Log on to Mazzako TV