फिल्म ‘किस्मत २’मा निर्माता छविराज ओझाले अभिनेता पृथ्वीराज प्रसाइलाई भित्राए । फिल्ममा समावेश ‘तिम्रो पिक्चर हिट’ बोलको गीत हिट भयो । पृथ्वीराजले नृत्य गरेका कारण पनि उनी यो गीतमा चम्किए । तर, फिल्म क्षेत्रमा उनी चम्किएनन् ।

पृथ्वीको दोश्रो फिल्म ‘मंगलम’ अहिले रिलिज भैरहेको छ । यो फिल्म चलिरहँदा बढी चर्चा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता पुष्पल खड्काको भएको छ । पृथ्वी छायाँमा छन् । २ वटा फिल्म उनले निर्माता छविराज ओझाकै ब्यानरबाट गरेका छन् ।

के, उनलाई अन्य ब्यानरबाट अफर नआएको हो ? हुनत, पृथ्वीले २ वटा फिल्म गरेपनि उनले आशा गरे अनुसारको चर्चा पाएका छैनन् । हेरौ, उनलाई छवि बाहेक अन्य कुन निर्माताले पत्याउने हुन् ।

For More videos Log on to Mazzako TV