तिन जना नै फ्लप फिल्म ‘स्वर’ले नेपाली फिल्म क्षेत्रमा ३ जना नव–अभिनेत्री भित्राएको थियो । अभिनेत्री केकी अधिकारी, बेनिशा हमाल र रीमा विश्वकर्मालाई फिल्म क्षेत्रमा भित्राउने फिल्म हो, ‘स्वर’ । यो फिल्मबाट एकसाथ आएकाले पनि तीन अभिनेत्री खुबै मिल्छन् ।

तर, यी ३ को करिअर भने फरक फरक छ । अभिनेत्री केकी अधिकारी यी तिनमा सबैभन्दा बढी व्यस्त छिन् । उनको हातमा फिल्मको अभाव छैन । तर, बक्स अफिसमा केकी असफल हिरोइन हुन् । उनका कारण, आजसम्म कुनै पनि फिल्म चलेको रेकर्ड नै छैन । अभिनेत्री रीमा विश्वकर्माको त कुरै नगरौ । उनी, पनि फिल्म क्षेत्रमा असफल भैसकेकी छिन् ।

केही फिल्ममा काम गरेपनि रीमा अभिनेत्रीको रुपमा जम्न सकिनन् । अभिनेत्री वेनिशा हमाल पनि बक्स अफिसमा असफल हिरोइन हुन् । उनले, अभिनय गरेका सबैजसो फिल्म बक्स अफिसमा असफल छन् । केकी र वेनिशाको अभिनयको तारिफ त हुन्छ, तर निर्माता जोगाउन यी अभिनेत्रीले सकेका छैनन् ।

 

For More videos Log on to Mazzako TV