फिल्म ‘रामकहानी’मा हाँस्य कलाकार केदार घिमिरेले १० लाख पारिश्रमिक लिए । उनले, यो पारिश्रमिक लिएसँगै उनी महंगा हाँस्य कलाकारको सूचीमा दहिरए । फिल्म ‘छक्का पन्जा’ को सिरिज हिट भएपछि केदारको डिमाण्ड बढेको छ । केदारलाई हिरोको सरह नै पारिश्रमिक अफर गर्दै फिल्ममा काम गराउन निर्माता तछाडमछाड लागेका छन् ।

अब, केदारलाई एक फिल्मबाट २५ लाखको अफर आएको चर्चा छ । केदारले पनि आफूलाई २५ लाखको अफर आएको तर कथा नपढेसम्म आफूले स्विकार नगर्ने बताएका छन् । उनले, कुन फिल्मबाट अफर आएको खुलाएका छैनन् । फिल्ममा संझौता गरेपछि मात्र आफूले फिल्मको नाम सार्वजनिक गर्ने उनले बताएका छन् । उनले, आफूले गर्ने मिहिनेतलाई हेर्दा २५ लाख ठूलो रकम नभएको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV