‘चौका दाउ’ मा तक्मे बुढादेखी सन्तोष पन्त सम्म

फिल्म ‘चौका दाउ’ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको घोषणा गरिएको हो । चर्चित संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो फिल्मलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् ।

बरिष्ठ संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर बिहिबार यो फिल्मकोे घोषणा गरिएको हो । यसअघि राजनीतिक फिल्म ‘संरक्षण’ निर्देशन गरेका पूर्णेन्दु झाले ‘चौका दाउ’ लाई निर्देशन गर्दैछन् । ‘चौका दाउ’ मा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह फाइनल भैसकेका छन् भने केहि कलाकार चाडै फाइनल गरिने छ ।
यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको छन् । फिल्मका निर्माताहरुमा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन् ।

जसमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण निर्देशन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।
For More videos Log on to Mazzako TV








