सामाजिक अभियान्ता धुर्मुसु र सुन्तली सम्मानित
लोकप्रिय कमेडी जोडी तथा सामाजिक अभियान्ता धुर्मुसु र सुन्तली सम्मानित भएका छन् । फिल्मी खबर साप्ताहिकको नवौं वार्षिक उत्सबको अवसर पारेर सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरिएको हो । फिल्मी खबर प्रत्येक वर्ष एक जना पुरुष र महिलालाई कलाक्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गर्दै आएको छ ।

चार वटा एकिकृत नमुना बस्ती बनाइसकेका धुर्मुस सुन्तली अहिले ‘नमुना नेपाल’ निर्माणमा लागिपेरका छन् । सामाजिक कार्यसँगै कलाकारितामा फर्कने सोच बनाइरहेको उनीहरु बताउँछन् ।
‘परिवारको सम्मान पाउँदा निकै खुसी लागिरहेको छ’, सम्मान ग्रहणपछि आफ्नो मन्तव्य राख्ने क्रममा कुञ्जनाले भनिन् । ‘यो सम्मानले हामीलाई अगाडी बढ्ने थप उर्जा मिलेको छ’, सितारामले थपे, ‘हाम्रो सामाजिक अभियान सम्पूर्ण कलाकारकारिता क्षेत्रकै प्रतिनिधिको रुपमा लिएका छौं ।’
For More videos Log on to Mazzako TV








