कहिलेसम्म लुकाउलान् अनु र सविनले प्रेम ?
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह गहिरो प्रेममा रहेपनि यी दुइले आजसम्म प्रेम स्विकार गर्न आनाकानी गरिरहेका छन् । मंगलबार यी दुई जिल्ला अदालत पुगेपछि यी दुइले कानुनी बिहे गरेको खबर बाहिरिएको थियो ।

तर, सविन र अनु दुबैले आफूहरुले बिहे गरेको खबरलाई अस्विकार गरे । बरु, यी दुइले एक जना व्यक्तिबाट आएको धम्कीका कारण उजुरी दर्ता गर्न अदालत गएको बताए । सविन र अनुले आफूहरु मिल्ने साथी मात्र रहेको बताउँदै आएका छन् । तर, अनु र सविन लामो समयदेखि गहिरो प्रेममा छन् । प्रेम गरेपछि डराउनु पर्ने के छ र ? तर, पनि यी दुइले प्रेमको कुरा स्विकार गर्न सकेका छैनन् ।
For More videos Log on to Mazzako TV








