सलिनमान गर्दैछन् यो फिल्म
अभिनेता सलिनमान बनियाँले निर्देशक झरना थापाको फिल्म भन्दा पहिला अर्को एक ब्यानरको फिल्ममा काम गर्न लागेको वुझिएको छ । अभिनेता बनियाँले निर्माता केशव भट्टराइले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्न लागेका हुन् ।
यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् । फिल्ममा सलोन बस्नेत पनि देखिनेछन् । सलोन फिल्म ‘सुश्री सम्पत्ती’को छायांकन सकेर काठमाण्डौ फर्किएपछि फिल्मको घोषणा गर्ने तयारी गरिएको छ ।
यसैले, अहिले निर्माता केशव भट्टराइले केहि पनि बताउन चाहिरहेका छैनन् । फिल्मलाई लभ स्टोरी कथामा निर्माण गरिदैछ । सलिनमानले ‘ए मेरो हजुर २’मा काम गरेपछि अन्य फिल्म गरेका छैनन् ।
For More videos Log on to Mazzako TV