‘नेपाल आईडल २’ का होस्ट आशिफ र रीमा, सुशिल किन बाहिरिए ?
चर्चित रियालिटी शो ‘नेपाल आईडल’ को दोस्रो संस्करणको तयारी सुरु गरिएकोे छ । एपिवान टेलिभिजनले संचालन गर्ने दोस्रो संस्करणका लागि प्रस्तोता फाईनल भएका छन् । ‘नेपाल आईडल २’ को प्रस्तोता रीमा बिश्वकर्मासंगै पछिल्लो समय फिल्म ‘२ रुपैयाँ’ बाट चर्चामा कमाएका नायक आशिफ शाहले होस्ट गर्ने भएका हुन् ।
‘नेपाल आइडल’ को पहिलो संस्करणका भिजे सुशिल नेपाल अर्को चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा ब्यस्त रहेकोले आशिफले दोस्रो संस्करणलाई होस्ट गर्ने भएका हुन् ।
आशिफ यतिबेला फिल्म ‘डामाडोल’ को स्क्रिप्ट लेखन कार्यमा व्यस्त रहेका छन् । नेपाल आईडल २ को अडिसन भने चैत्र ६ गते भैरहवा ,चैत ११ गते धनगढी, बैशाख ३ गते हेटौँडा, बैशाख ८ गते धरान र बैशाख १४ गते पोखरामा हुनेछ । उता प्रस्तोताहरु फाईनल भएपनि नेपाल आईडल २ का निर्णायकहरुको बारेमा भने केही खुलाईएको छैन् ।
For More videos Log on to Mazzako TV