गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपक शर्माको संगीत रहेको ‘तिम्रो सम्झनामा’ बोलको गीत हालै युटुब मार्फत सार्वजनिक भएको हो । भिडियोमा नायिका नीता ढुंगाना, अनुज चिलुवाल र जित सागरको अभिनय देख्न सकिन्छ । भिडियोमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

जिवन शाहिको निर्देशन, राजु केसीको छायांकन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । शमसेर श्रेष्ठले यस भिडियोलाई निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV