अभिनेत्री बर्षा सिवाकोटीका लागि फिल्म क्षेत्रमा बल्ल लक लाग्न थालेको छ । बर्षाका हातमा राम्रा ब्यानरका फिल्म पर्न थालेका छन् । बर्षा अहिले फिल्म ‘जय शम्भु’को छायांकनमा व्यस्त छिन् ।

अब, उनले निर्देशक मिलन चाम्सको निर्माणमा बन्न लागेको नयाँ फिल्म ‘विर विक्रम २’ मा मुख्य अभिनेत्रीको भूमिका निर्वाहा गर्ने भएकी छिन् । फिल्मको निर्माण टोलीले बर्षासँग संझौता गरिसकेको छ । फिल्मको छायांकन जेठबाट सुरु हुँदैछ । फिल्ममा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार फेरि पनि देखिनेछन् ।

फिल्म ‘विर विक्रम’ हिट भएपछि मिलनले यसको सिक्वेल घोषणा गरेका थिए । फिल्ममा ‘विर विक्रम’की अभिनेत्री दिया पुन अतिथी भूमिकामा देखिनेछिन् ।

For More videos Log on to Mazzako TV