निर्देशक विकास आचार्य फिल्म ‘नाई नभन्नु ल ५’को तयारीमा छन् । फिल्मका लागि कलाकार फाइनल गर्ने काम चलिरहेको छ । यो फिल्ममा अभिनेत्री प्रियंका कार्कीले काम गर्ने फाइनल भएको छ । यस्तै, अभिनेत्री स्वस्तिमा खड्का पनि फिल्ममा फाइनल भएकी छिन् । प्रियंकाको अपोजिटमा अभिनेता दीलिप रायमाझीलाई अनुबन्धित भएको बताइएको छ ।

फिल्ममा प्रियंका र स्वस्तिमाले आमा–छोरीको भूमिका निर्वाहा गर्नेछन् । फिल्मको प्रदर्शन मिति वि.सं २०७५ सालको भदौ ८ गतेलाई तोकिएको छ । फिल्ममा अनुभव रेग्मी र स्यार्टिना शर्मा बाल–कलाकारको रुपमा देखिदैछन् ।

फिल्ममा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । फिल्मलाई पारिवारिक लभ स्टोरी कथामा बनाउने तयारी गरिएको छ ।

For More videos Log on to Mazzako TV