केकीलाई अब आफ्नै फिल्मको आशा
नेपाली फिल्म क्षेत्रमा व्यस्त भएपनि हिट हुन नसकेकी अभिनेत्री हुन् केकी अधिकारी । सामाजिक संजाल र मिडियामा खुबै रुचाइएपनि केकीलाई दर्शकले हलमा भने रुचाएका छैनन् । यसैले पनि केकी अहिले फिल्म निर्माणमा अगाडि बढेकी छिन् ।

केकीले अभिनय गरेका २ फिल्म लगालग चलेनन् । फिल्म ‘राज्जा रानी र हुर्रे’ व्यापारिक रुपमा असफल भएपछि केकीलाई ठूलै झट्का पनि लागेको छ । यी दुबै फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । फिल्म असफल भएपछि अब केकीलाई पहिलो हिट फिल्मका लागि आफ्नै निर्माणको फिल्म कुर्नुपर्ने अवस्था आएको हो भन्ने प्रश्न सोझिएको छ ।
केकी अधिकारी निर्माता रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ गतेबाट रिलिज हुँदैछ । केकी हिट हुनका लागि अब यहि फिल्म कुर्नुपर्ने हुन्छ ।
For More videos Log on to Mazzako TV








