अभिनेत्री अशिष्मा नकर्मीले सोमबार बिहे गरिन् । अभिनेत्रीले बाँनेश्वरमा बस्दै आएका नविन चन्द्र प्रधानसँग लगनगाँठो कसेकी हुन् । अभिनेत्रीले बिहेमा पुगेका मिडियाकर्मीलाई अब फिल्म क्षेत्र भन्दा पनि पारिवारिक जीवनलाई बढी स्थान दिने बताएकी छिन् ।

अशिष्माले आफ्नो करिअर र परिवारको खुशीमा आफूले परिवारको खुशीलाई महत्व दिएको पनि बताइन् । बिहे गर्दै गर्दा अशिष्मा भावूक पनि देखिइन् । उनले, बेहुली भएपछि मात्र यो भावूकता वुझिने प्रतिक्रिया दिइन् । अशिष्मा र नविनको यो मागी बिहे हो ।

फिल्म ‘अन्तराल’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी अशिष्मा अहिले फिल्म निर्मात्री पनि बनिसकेकी छिन् । उनले, अब फिल्म क्षेत्रलाई अगाडि बढाउने संभावना कम छ ।

For More videos Log on to Mazzako TV