आकाशको व्यस्तता बढ्दो, कुन फिल्मले बनाउला स्टार ?
अभिनेता आकाश श्रेष्ठको व्यस्तता अहिले बढ्दो छ । नेपालमा ठूला ब्यानरमा पनि उनी रोजाइको अभिनेता बनिरहेका छन् । आकाश अहिले सुदर्शन थापाले निर्देशन गरिरहेको फिल्म ‘रामकहानी’मा व्यस्त छन् । यो फिल्मले उनलाई दर्शकमाझ क्लिक गराउने आशा गरिएको छ ।
अभिनेत्री पूजा शर्मा उनको जोडीको रुपमा देखिएकी छिन् । आकाश अभिनित फिल्म ‘तिमी सँग’ चैत्र २३ गतेबाट रिलिज हुँदैछ । यस्तै, उनले अभिनय गरेको अर्को फिल्म ‘ब्ल्याक’ पनि रिलिजको तयारीमा छ ।
आकाशले फिल्म ‘ड्रिम गर्ल’मा पनि मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् । फिल्म ‘म त तिम्रै हुँ’ बाट उनी फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । फिल्म हातमा परेपनि उनी अझै क्लिक भने भैसकेका छैनन् । उनलाई कुन फिल्मले क्लिक गराउँला ?
For More videos Log on to Mazzako TV