कस्तो छ ‘अनुराग’ मा माया प्रित ? सुन्नुस मनछुने एउटा गीत (भिडियो)
चर्चित पत्रकार ऋषि धमालकी श्रीमती एलिजा गौतमद्वारा निर्मित तथा अभिनित फिल्म ‘अनुराग’ को नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । जेष्ठ ११ गतेलाइ प्रदर्शन मिति तोकिएको फिल्मको ‘तिम्रो स्वरमा’ बोलको गीत सार्वजनिक गरिएको हो । फिल्मका निर्देशक सत्यराज चौलागाँईको शब्द तथा सरोज पोख्रेलको संगीत रहेको उक्त गीतमा प्रताप दासको स्वर सुन्न सकिन्छ ।
फिल्म ‘अनुराग’ मा एलिजाले नव–नायक समुन्द्र पण्डितसँग रोमान्स गरेकी छन् । ‘अनुराग’ मा एलिजा, समुन्द्रसंगै ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतको अभिनय छ ।
फिल्म ‘अनुराग’ सांगीतिक प्रेमकथामा आधारित छ । रामकुमार केसीले खिचेको फिल्ममा किरण दाहालको कथा छ । भरत गौतम र गीता भेटवाल फिल्मको निर्मातामा छन् । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।
For More videos Log on to Mazzako TV