‘नेप्टे’ मा भिलेन बनेका दयाले यसरी हँसाउँछन् (भिडियो)
चैत्र ३० गतेबाट रिलिज हुने अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘नेप्टे’ को ट्रेलर सार्वजनिक भएको छ । देव कुमार श्रेष्ठ निर्देशित फिल्मको सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको माया प्रेममा दया भिलेन बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
कमेडी जनरामा निर्माण भएको फिल्ममा मायाप्रेम, रोमान्स तथा एक्सनलाई समेत समेटिएको छ । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ’किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । चैत ३० गते युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ’लिलिबिली’ सँग यो फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV