माग्नेले ढाडमा ट्याटु खोप्ने (भिडियो)
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ट्याटु प्रकरण अझै पनि सेलाएको छैन । मिडियामा फेरि उनले दिएको जवाफका कारण ट्याटु काण्ड चर्चामा छ । तर, साम्राज्ञीलाई कलाकार केदार घिमिरेले फेरि तातो आगोमा घ्यू थप्ने काम गरेका छन् ।

उनले ब्यङ्ग्य गर्दै भने–‘साम्राज्ञीले त अश्लिल ठाउँमा ट्याटु बनाइछन् । म भने ढाडमा बनाउँ किन भनेर सोच्दैछु ।’ केदारले यसो भन्दा साम्राज्ञी हाँसिन् मात्र । फिल्म ‘कायरा’का लागि आफ्नो बक्षस्थल तल ट्याटु बनाएको तस्बिर सार्वजनिक भएपछि साम्राज्ञी आलोचित भैरहेकी छिन् । अब, माग्नेले पनि ब्यङ्ग्य गरिदिएपछि यसले फेरि चर्चा पाएको छ ।
For More videos Log on to Mazzako TV








