चलचित्र ‘दर्पणछाया’ मा पुष्पल खड्का मुख्य भूमिकामा देखिए । हुनत, उनी फिल्म ‘अझै पनि’ मा पनि सह–अभिनेताको रुपमा देखिएका थिए । तर, फिल्म ‘दर्पणछाया २’ लाई भने उनले नै बोकेका थिए । फिल्म पूर्ण रुपमा असफल भयो । फिल्म असफल हुँदा पुष्पलको फिल्मी यात्रा अब सुखद नहुने चर्चा भयो ।

तर, शुक्रबारदेखि रिलिज भएको फिल्म ‘मंगलम’ले भने उनलाई खुशी दिएको छ । फिल्म व्यापारिक रुपमा पनि राम्रो चलिरहेको छ भने, पुष्पलको कामको पनि चौतर्फी तारिफ भैरहेको छ । पुष्पललाई अहिले नै स्टार कलाकार भनिहाल्न मिल्दैन । किनकी, यो फिल्म चल्नुको पछाडि पुष्पल भन्दा पनि छविराज ओझा र शिल्पा पोखरेलको नामले बढी काम गरेको छ ।

तर, पुष्पले एउटा राम्रो कलाकारको रुपमा आफूलाई चिनाएका भने छन् । यसैले, आगामी दिनमा पुष्पलले रोज्ने बाटोले उनी कता जाने भन्ने देखाउँछ । तर, दोश्रो फिल्मबाट भने उनी राम्रोसँग निदाएका पक्कै होलान् ।

For More videos Log on to Mazzako TV