साम्राज्ञीको रिस मिडियामाथि पोखियो (भिडियो)
वुद्दिले खान्छ अरुलाई, रिसले खान्छ आफूलाई भन्ने त उखान नै छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हकमा पनि यस्तै हुने देखिएको छ । फिलिपिन्समा रहँदा उनले खोपेको ट्याटुको चर्चा काठमाण्डौमा सम्म खुबै भयो ।

बक्षस्थलको तल खोपिएको ट्याटुवाला फोटो सार्वजनिक भएपछि साम्राज्ञीको आलोचना भयो । तर, साम्राज्ञीले भने आलोचना हुनुको सम्पूर्ण कारण मिडिया नै भएको बताएकी छिन् । मिडियामा आएको खबरका कारण नकारात्मक कमेन्ट बढी आएको उनको भनाई छ ।
साम्राज्ञीले मिडियाले नवुझी लेखेको भन्दै आक्रोश पोखिन् । साथै, उनले सो तस्बिरका लागि माफी समेत मागेकी छिन् । साम्राज्ञीको तस्बिर उनको ट्याटु खोप्ने कलाकारले सार्वजनिक गरिदिएका थिए । जुन, सामाजिक संजाल र मिडियामा भाइरल भएको थियो ।
For More videos Log on to Mazzako TV








