छविको फिल्म ‘मंगलम’ हेरेर रोइन् रेखा (भिडियो)
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘मंगलम’ ले दर्शकबाट मात्र नभई छबिकी पूर्व पत्नी रेखा थापाबाट पनि राम्रो प्रतिकृया पाएको छ । फिल्म हेर्दै गर्दा रेखाका आँखाबाट आसुँ थामिएनन् । फिल्म हेरिसकेपछी रेखाले मन खोलेर फिल्म र कलाकारहरुको तारिफ समेत गरिन ।

हुन त केही दिन अघि छबिराज ओझाका छोरा साकार ले आफ्नो पिताले बनाएको फिल्म सबै झुर भएको र ‘मंगलम’ मात्र राम्रो बनेको जानकारी दिएका थिए । साकार ले दिएको जानकारी प्रमाणी भएको छ । नवल नेपालको निर्देशनमा तयार भएको फिल्मले दर्शकको मात्र नभई बिभिन्न चलचित्रकर्मी बाट पनि तारिफ नै तारिफ पाएको छ ।

माउथ पब्लिसिटीका कारण फिल्मको ब्यापार आगामी दिनमा अझ बढी हुने टिमको आशा छ । चलचित्रले तारिफ पाइरहदा कलाकारहरु निकै नै खुशी देखिएका थिए । शुक्रबारदेखि रिलिज भएका ३ चलचित्रमा व्यापारिक रुपमा पनि ‘मंगलम’ अगाडि देखिएको छ ।
For More videos Log on to Mazzako TV








