फिल्म ‘शत्रुगते’ को जम्बो टोलीको मोफसलमा सांगीतिक टुरको क्रममा भोलीबाट पुर्वीका बिभिन्न शहरमा प्रचार तथा प्रस्तुती रहने छ । भोली अर्थात सोमबार झापाको बिर्तामोडमा युनिटले सांगीतिक तथा कमेडी प्रस्तुती रहने छ । मंगलबार ‘शत्रुगते’ टीमको दमकमा र चैत्र ३० गते बुधबार इटहरीमा प्रस्तुती रहने बताइएको छ ।

हरिवंश आचार्य, दीपाश्री निरौला, किरण केसी, पल शाह, आँचल शर्मा लगायतका कलाकारलाई हेर्नका लागि दर्शकको भिड बाक्लो देखियो ।मोफसलमा प्राय फिल्मीकर्मीहरु मिडिया भेटघाट मात्र गरेर आउने गरेका छन् । तर, केहि फिल्मकर्मीले पनि कन्टर्स नै राखेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने गरेका छन् । जसले फाइदा पनि दिएको छ ।

For More videos Log on to Mazzako TV