फागुन २५ गते अर्थात शुक्रबारबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘हुर्रे’ ले दर्शकको साथ पाउन सफल भएको छ । फिल्मले दर्शकलाई हलमा बाध्न सफल समेत भएको छ । कमेडी जनरामा निर्माण भएको फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्म हेरेका दर्शकले सामाजिक बिषयबस्तुलाई उठाएको र एकपटक हेनैपर्ने फिल्म बनेको प्रतिक्रिया दिएका छन् ।

याम थापा निर्देशित मल्टिस्टारर फिल्म ‘हुर्रे’ ले शुक्रबार भन्दा शनिबार र आईतबार दर्शक अझ बढाउन सफल भएको बताइएको छ । मल्टिप्लेक्स तथा सिगंल थेएटरमा दर्शकको चाप उत्तिकै रहेको बताइएको छ । फिल्ममा अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खडका लगायतका कलाकारका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई सोनम लामा र छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । दावा शेर्पा फिल्मका प्रस्तुतकर्ता हुन् । फिल्ममा शिव ढकालको छायांकन, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालिप्रसाद बास्कोटाको शब्द, मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर, विक्रम स्वार र रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तको सम्पादन रहेको छ ।

 

For More videos Log on to Mazzako TV