लामो ग्यापले श्रृष्टीलाई घाटै घाटा
अभिनेत्री श्रृष्टी श्रेष्ठ अभिनित फिल्म ‘गाजलु’ मात्र रिलिज भयो । यसपछि, दर्शकले उनलाई पर्दामा हेर्न पाएका छैनन् । श्रृष्टी दर्शकमाझ नआएको २ बर्ष हुन लागिसक्यो ।

फिल्म ‘रोमियो एन्ड मुना’बाट उनले दर्शकमाझ आउने तयारीमा थिइन् । तर, यो फिल्मको प्रदर्शन मिति बारम्बार तोकेर अहिले फेरि अनिश्चितकालका लागि सरेको छ । श्रृष्टी अभिनित फिल्म ‘रोमियो एन्ड मुना’ अर्को साता रिलिज हुने पक्का थियो । तर, अब यो फिल्म चैत्र २ गतेबाट नआउने पक्का भैसकेको छ ।

यसरि, श्रृष्टी लामो समयसम्म हलमा नआउँदा उनी छायाँमा देखिएकी छिन् । नयाँ नयाँ अभिनेत्रीले फिल्म क्षेत्रमा पकड जमाइरहँदा श्रृष्टी अभिनेता सौगात मल्लसँगको प्रेमका कारणले मात्र चर्चामा छिन् । तर, उनलाई लिदा फिल्म के हुन्छ भन्ने दोधारमा निर्माता छन् । जसले श्रृष्टीलाई घाटा लागिरहेको छ ।
For More videos Log on to Mazzako TV








