विवादित फिल्म ‘गाँजाबाजा’ले बक्स अफिसमा राम्रै कमाई गरिरहेको छ । साथमा, यसले दर्शकको प्रतिक्रिया पनि राम्रो पाएको छ । फिल्मको समिक्षा पनि सकारात्मक आइरहेको छ । एकसाथ ३ फिल्म जुध्दा हलमा दर्शक बाँडिएका छन् । तर, फरक फरक कथाका फिल्मलाई त्यही बर्गका दर्शकले हेरिरहेका छन् ।


गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको फिल्म ‘गाँजाबाजा’ले गाँजा खाना खोज्ने २ यूवाको कथालाई उठान गरेको छ । तर, उनीहरुले एक दिनमा गाँजा खान पाउँछन् कि पाउँदैनन् भन्ने कथामा फिल्म बनाइएको छ । अनुपम शर्मा र सुशिल सिटौला मुख्य भूमिकामा रहेको फिल्मले तारिफ पाएपछि आगामी दिनमा दर्शक बढ्ने विश्वास निर्माण टिमको छ ।

For More videos Log on to Mazzako TV