सलोन र अनुप, के हिरोका लागि थ्रेट हुन् ?
अभिनेता सलोन बस्नेत र अनुप विक्रम शाही सोलो हिरो भएको फिल्म चल्दैन । तर, कुनै स्टार कलाकारसँग आउँदा यी दुइले हंगामा मच्चाइदिन्छन् । यतिसम्म कि, उक्त स्टार कलाकार नै छायाँमा पर्ने संभावना हुन्छ । के यी दुई कलाकार हिरोका लागि थ्रेट हुन् त ? राजधानीमा आयोजना गरिएका २ पत्रकार सम्मेलनमा २ हिरोले यसको जवाफ दिए ।

अभिनेता प्रदिप खड्काले फिल्म ‘लिलिबिली’मा अनुप हुनुलाई आफूले थ्रेटको रुपमा नलिएको बताए । बरु, भिलेन जति पावरफूल हुन्छ त्यती नै फाइदा आफूलाई हुने प्रदिपको भनाई छ । यस्तै, अर्का अभिनेता आशिरमान देशराज जोशीले पनि फिल्म ‘द ब्रेकअप’ मा सलोन हुनुलाई आफूले थ्रेटको रुपमा नलिएको बताए ।
आफ्नो भूमिकालाई राम्रोसँग निर्वाहा गर्ने हो भन्दै आशिरमानले अर्को कलाकार पावरफूल हुँदा आफूलाई घाटा नलाग्ने बताएका छन् । तर, हिरोहरुले जे भनेपनि सलोन र अनुपले फिल्ममा स्टार भनिएका हिरोलाई नै छायाँमा पारिदिएका छन् ।
For More videos Log on to Mazzako TV








