साम्राज्ञीको ढुकढुकीमा को ?, भाग्यमानी छ जो…(भिडियो)
यो त्रिकोणात्मक प्रेमको कथा हो । एउटा यात्राको कथा, जहाँ सम्बन्ध जोडिन्छ, तोडिन्छ, फेरि जोडिन्छ अनि अरु के के हुन्छ हुन्छ । चलचित्र ‘तिमी सँग’को ट्रेलर हेर्दा दिमागले लगाउने सोझो अडकल यही हो । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरियो, जहाँ चलचित्रको यो प्रचार सामाग्रीले निकै राम्रो तारिफ पायो ।

युवापुस्तामाझ आफ्नो छुट्टै छाप बनाएकी, सम्भावना बोकेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँगै आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भुमिका रहेको छ यस सिनेमामा । ‘तिमी सँग’को यस अघि रिलिज गरिएको गीत हिट भईसकेको छ ।

चैत्र २३ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउने यस सिनेमालाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्ममा राहुल मुखर्जी, दीपक पाठक र रिदम कंडेलको संगीत छ ।
For More videos Log on to Mazzako TV








