‘मंगलम’ शिल्पाका लागि यसकारण परिक्षा
नेपाली फिल्मका कलाकार अहिले निर्माता भन्ने लहडमा छन् । निर्माता बनेर आफ्नै कम्पनीमार्फत फिल्म बनाएर उनीहरु लामो समयसम्म यो क्षेत्रमा सुरक्षित हुन चाहन्छन् ।
यहि, भिडमा अभिनेत्री शिल्पा पोखरेल पनि जोडिएकी छिन् । जसले, फिल्म ‘मंगलम’ मार्फत आफूलाई यो क्षेत्रमा निर्मात्रीको रुपमा पनि प्रस्तुत गरेकी छिन् । आजबाट देशभरका हलमा रिलिज भएको फिल्म ‘मंगलम’ शिल्पाका लागि परिक्षा जस्तै हो । कारण, यो फिल्मले शिल्पालाई निर्मात्रीको रुपमा सफल वा असफल के हुने भनेर नजिता दिनेछ ।
शिल्पा नेपाली फिल्ममा प्रवेश गरेसँगै द्धन्द्धात्मक भूमिकामा बढी हाबी छिन् । तर, यसपटक उनले द्धन्द्धविनाको फिल्ममा काम गरेकी छिन् । यसैले पनि शिल्पाको अभिनय यसपटक दर्शकलाई मनपर्न जरुरी छ । के यी दुबै कुरामा शिल्पा सफल होलिन्, आइतबारसम्म पर्खौ ।
For More videos Log on to Mazzako TV