अहिले नेपाली फिल्ममा अभिनेता अनुप विक्रम शाहीको जस्तो चर्चा कमै मात्र खलपात्रको होला । अनुप विक्रम फिल्ममा हिरो र भिलेन दुबैमा काम गरिरहेका छन् । तर, उनलाई दर्शकले हिरो भन्दा भिलेन अवतारमा बढी रुचाएका छन् ।

अभिनेता अनुपविक्रम सिंगल रुपमा प्रस्तुत हुँदा फिल्म चल्दैन । अझ यसो भनौ, अनुपलाई मात्र हेर्न हलमा दर्शक आउँदैनन् । तर, उनको छेउमा कुनै चर्चित अभिनेता हुन्छन् भने फिल्म पनि चल्छ, अनुप पनि चल्छन् । जस्तो, माघको अन्तिम साता रिलिज भएको फिल्म ‘कृ’लाई नै हेरौ ।

यो फिल्ममा अभिनेता अनमोल केसी थिए । दर्शक हलमा आए । तर, प्रशंसा अनुपको पनि उस्तै भयो । अनुपले आफ्नो मात्र स्टारडमले दर्शकलाई हलसम्म तान्न सक्ने क्षमता राखेका छैनन् । तर, अभिनयमा भने उनले मै हुँ भन्ने हिरोलाई समेत मात खुवाइरहेका छन् ।

 

For More videos Log on to Mazzako TV