हेमराज बिसी निर्देशित फिल्म ‘द ब्रेकअप’ को अफिसियल निर्माण घोषणा भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । आउँदो आइतबार देखि पोखराबाट फिल्म फ्लोरमा जाने भएको छ ।

पोखरा र अष्ट्रेलियामा छायांकन हुने फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । रोमान्टिक कमेडी प्रेमकथामा बन्न लागेको फिल्ममा ‘ग्याङस्टर ब्लुज’ बाट डेव्यु गरेका आशिरमान देशराज जोशी मुख्य भूमिका देखिने भएका छन् । आशिरको जोडीको रूपमा नायिका शिल्पा मास्के देखिने भएकी छिन् ।

त्यस्तै चलचित्रमा आशिर र शिल्पाको साथमा सलोन बस्नेत, रेमनदास श्रेष्ठ,सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहने छ । निर्माण पक्षको अनुसार ‘द ब्रेकअप’ आगामी वर्षको भदौ १५ गते मा रिलिज हुने भएको छ ।

For More videos Log on to Mazzako TV