अभिनेत्री प्रियंका कार्की धेरै फिल्ममा देखिन्छिन् । आजसम्म, प्रियंकाकै कारणले फिल्म चलेको उदाहरण भने छैन । तर, पनि प्रियंकाको हातमा फिल्मको अभाव नै छैन । कारण, प्रियंका जस्तो पनि फिल्ममा फिट हुन्छिन् ।

अभिनेत्री कार्कीको अन्तिम समयमा मात्र इन्ट्री भएको फिल्म ‘लिलिबिली’को ट्रेलरमा उनको झल्को मात्र देखिन्छ । अर्की नव–अभिनेत्री जसिता गुरुङ ट्रेलरमा हाबी हुँदा प्रियंका यसै हराएकी छिन् । प्रियंकालाई ट्रेलरको केहि भागमा देखाउँदा फिल्म यूनिटलाई फाइदा हुन सक्थ्यो । तर, जसिता नै हाबी भइन् ।

यता, फिल्म ‘सुश्री सम्पत्ती’मा पनि प्रियंकाले आइटम नृत्य गरिन् । यो फिल्ममा पनि साराको मुख्य भूमिका छ भने प्रियंकाको आइटम र छोटो भूमिका मात्र छ ।

आखिर, प्रियंकालाई फिल्ममा आफूले निर्वाहा गर्ने भूमिका प्यारो हुन्छ या फिल्म ? धेरै फिल्ममा काम गरेर प्रियंका आफूलाई सफल र व्यस्त देखाउन चाहिरहेकी छिन् । तर, यसले कतै उनी संझनलायक भूमिकाबाट पर भाग्दै गएकी त होइनन् ?

 

For More videos Log on to Mazzako TV