अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मका ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिनेता विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा सिवाकोटी फिचर छन् । बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले आवाज सुन्न सकिन्छ ।


कविराज गहतराजको नृत्य निर्देशन तारिफयोग्य छ । उनले गीतमा फरक कन्सेप्ट प्रयोग गरेका छन् । छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सह(निर्मातामा छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । बनिष शाहले फिल्मको सम्पादन सम्हालेका छन् ।

For More videos Log on to Mazzako TV