‘ब्लाक’ मा आकाश ‘चङगा जस्तै’ मोडमा (भिडियो)
आकाश श्रेष्ठ तथा आँचल शर्मा अभिनित फिल्म ‘ब्लाक’ को पहिलो गीत सार्वजनिक भएको छ । जेठ ११ गतेलाई प्रदर्शनको मिति तय गर्दै फिल्मको ‘चङगा जस्तै’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रतिक पौडेलको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य नायक आकाशसंगै युवा कलाकारहरु फिचरिङ छन् ।
रामजी लामिछानेको कोरियोग्राफी र रामशरण उप्रेतीको सिनेम्याटोग्राफी प्रशंसनिय छ । प्रदीप श्रेष्ठ निर्देशित ‘ब्ल्याक’ युवा पुस्ता लक्षित फिल्म हो । फिल्मलाई आश्मा पाण्डले निर्माण गरेकी हुन् ।
‘ब्ल्याक’ मा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा मुख्य भूमिकामा छन् । फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्मलाई राजधानीमा गोविन्द शाही र मोफसलमा उज्जल पौडल तथा मनोज राठीले वितरणको जिम्मा लिएका छन् ।
For More videos Log on to Mazzako TV