मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ को ट्रेलर युट्युवको ट्रेण्डिङ नम्वर एकमा आएको छ । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ को मुख्य भूमिका रहेको फिल्मको ट्रेलर अपलोड भएको दुई दिनमा पहिलो स्थानमा आएको हो । चैत ३० गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने ‘लिलिबिली’ को ट्रेलरलाई यो समाचार तयार गर्दा सम्ममा तीन लाख ९० हजार बढी दशर्कले हेरेका छन् ।

फिल्म ‘लिलिबिली’ मा प्रदीप र जसितासँगै नायिका प्रियंका कार्की, नायक अनुपविक्रम शाही र अर्का नायक सविन श्रेष्ठको अभिनय छ । फिल्ममा निर्देशक चाम्स, वितर गोविन्द शाही र निर्माता सुदिप खड्काको संयुक्त लगानी रहेको छ ।

For More videos Log on to Mazzako TV