‘कान्छी’ चल्यो, तर अनु…?
अभिनेत्री स्वेता खड्काले निर्माण तथा अभिनय गरेको फिल्म ‘कान्छी’ अहिले पनि हलमा लागिरहेको छ । फिल्मले राम्रो व्यापार गरेको अभिनेत्री स्वेता खड्काले नै बताउँदै आएकी छिन् । हलमा फिल्म हेर्न सुरुवाती दिनमा दर्शकको उपस्थिती बाक्लै देखियो ।

यो फिल्म चलेपछि अभिनेत्री तथा निर्माता स्वेता खड्कालाई त फाइदा भएकै छ । तर, यो फिल्ममा अर्की अभिनेत्री पनि थिइन्, अनु शाह । यो फिल्म चल्दा अनुलाई के फाइदा भयो त ?

अभिनेत्री अनु शाह फिल्मको प्रचारमा एकदिन पनि देखिइनन् । अनु र फिल्मको निर्माण टिमविच कुनै लफडा भएको खबर पनि सार्वजनिक भएन । तर, अनु एकदिन पनि नदेखिदा विभिन्न खालका अड्कल त काटियो नै ।

फिल्म चलेपनि अनुलाई कुनै फाइदा भएन । सफल फिल्म दिन नसकेकी अनु अहिले फिल्म क्षेत्रबाट हराउँदै गएकी छिन् । फिल्मको प्रचारमा पनि नदेखिएकी उनका लागि ‘कान्छी’ ‘कागलाई बेल पाक्यो’ जस्तै भएको छ ।
For More videos Log on to Mazzako TV








