‘शत्रुगते’ को टुरमा उर्लिए दर्शक, हलमा के होला ?
फिल्म ‘शत्रुगते’को टिम अहिले मोफसलमा सांगीतिक टुरमा छ । कलाकारको जम्बो टोली बोकेर यसको निर्माण टोली मोफसलका विभिन्न शहरमा पुग्न सुरु गरेको छ ।
वुधबार हेटौडामा आयोजना भएको कन्सर्टमा दर्शक ओइरिए । हरिवंश आचार्य, दीपाश्री निरौला, किरण केसी, पल शाह, आँचल शर्मा लगायतका कलाकारलाई हेर्नका लागि दर्शकको भिड बाक्लो देखियो ।
मोफसलमा प्राय फिल्मीकर्मीहरु मिडिया भेटघाट मात्र गरेर आउने गरेका छन् । तर, केहि फिल्मकर्मीले पनि कन्टर्स नै राखेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने गरेका छन् । जसले फाइदा पनि दिएको छ ।
आज चितवनमा कन्सर्ट आयोजना भयो । जसमा पनि दर्शकको बाक्लो उपस्थिती देखियो । देशभर नै यो उपस्थिती देखिने अड्कल लगाउन सकिन्छ । तर, प्रदिप भट्टराई निर्देशित फिल्म हेर्न हलमा दर्शकको उपस्थिती कस्तो होला ? यो भने प्रतिक्षाको बिषय छ ।
For More videos Log on to Mazzako TV