‘कृ’ शोका लागि जापान उडे अनमोल
अभिनेता अनमोल केसी फिल्म ‘कृ’को प्रदर्शनमा सहभागी हुन जापान उडेका छन् । उनी, पिता भूवन केसी र निर्माता सुवास गिरीको साथमा जापान उडेका हुन् । जापानमा मार्च ११ तारिखमा ‘कृ’ शो हुँदैछ ।
अभिनेता केसीले अभिनय गरेको फिल्मले नेपालमा राम्रो कमाई गरेको थियो । केहि महिनादेखि फिल्मको प्रदर्शनीमा अनमोल सहभागी हुने भन्दै जापान आयोजकले टिकट पनि वेचेको थियो ।
अनमोलले जापान जानका लागि राम्रै रकम लिएको वुझिएको छ । अनमोल करिब एक महिना अगाडि मात्र फिल्म ‘कृ’कै एक गीतको सुटिङका लागि बेलायत पुगेका थिए । अनमोल अहिले नयाँ फिल्म ‘क्याप्टेन’को लागि फुटबलको तालिम पनि लिइरहेका छन् ।
For More videos Log on to Mazzako TV