नेपाली फिल्मका चर्चित निर्देशक तथा कलाकार नीर शाहले वुधबार राजधानीमा आयोजना भएको फिल्म ‘मंगलम’ को पत्रकार सम्मेलनमा निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको प्रेम सम्बन्धको बिषय खोतले ।

यी दुइले निर्माण गरेको फिल्ममा अभिनय समेत गरेका नीरले भने–‘शिल्पा त आधा छविकी भैसकिन् । पुरा कहिले हुने हुन्, प्रतिक्षा छ ।’ नीर शाहले यसो भनिरहँदा शिल्पा र छवि हाँसे मात्र । तर, पत्रकार सम्मेलनमा यो बिषयमा अरु कुरा नै उठेन ।

केहि बर्षदेखि शिल्पा र छविको बिहेको कुरा उठिरहेको छ । हुनत, शिल्पा र छविले बिहे गरिसकेको चर्चा पनि फिल्म क्षेत्रमा नउठेको होइन । तर, शिल्पा र छवि फिल्म रिलिजपछि बिहे गर्ने बताउँदै आएका छन् । साच्चै, शिल्पा पूर्ण छवि कहिले बन्ने हुन् ? सबैलाई प्रतिक्षा नै छ ।

For More videos Log on to Mazzako TV