भिलेन पावरफूल हुँदा घाटा कि नाफा, प्रदिप यसो भन्छन्
अभिनेता प्रदिप खड्काले फिल्म ‘लिलिबिली’ साइन गर्दै गर्दा यसमा २ नयाँ अभिनेत्री मात्र थिए । अरु चलेका कलाकारको कुनै नाम थिएन । तर, फिल्मको ट्रेलर सार्वजनिक भैसक्दा यसमा चल्तीका ३ नाम जोडिएका छन् ।
अभिनेत्री प्रियंका कार्की, अभिनेताद्धय अनुप विक्रम शाही र सविन श्रेष्ठ फिल्ममा जोडिएका छन् । फिल्ममा अनुप हुँदा अभिनेताहरु छायाँमा पर्छन् भनिन्छ । कारण, अनुपको दमदार अभिनयले अभिनेताहरुको अभिनयलाई नै छायाँमा पार्ने चर्चा छ ।

के प्रदिप पनि यहि कुराले असुरक्षित महशुश त गर्दै छैनन् ? पत्रकार सम्मेलनमा उठेको यो प्रश्नको जवाफमा उनले भने–‘साउथ फिल्ममा पनि भिलेन ठूला र पावरफूल हुन्छन् । तर, लास्टमा त जित्ने हिरोले नै हो । यसैले यसमा मलाई फाइदा नै हुन्छ । यसैले त, छानी छानी राखेको नी ।’

अनुप पावरफूल हुँदा आफूलाई फाइदा हुने प्रदिपको भनाई छ । अब, फिल्म रिलिज भएपछि अनुपले प्रदिपलाई अभिनयमा छायाँमा पार्ने हुन् या होइनन्, थाहा हुनेछ । फिल्म चैत्र ३० गतेबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV








