मह सञ्चारको ब्यानर तथा किरण केसीको प्रस्तुतीमा निर्माण भएको फिल्म ‘शत्रु गते’ टिम मोफसल दौडाहामा निस्किएको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहेकाछन् ।
उक्त यात्रा फागुन २३ गते देखि ३० गतेसम्म चल्नेछ । यात्रा २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।


फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । फिल्म आउँदो चैत्र ९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्मको रुपै मोहनी गीत र प्रोमोले चर्चा पाइरहेको छ ।

For More videos Log on to Mazzako TV