आउँदो शुक्रबार अर्थात फागुन २५ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ गीतको भिडियो करोड क्लबमा समावेश भएको छ । दिपक शर्माद्वारा संगीतवद्ध गीतको भिडियोले १ करोड भ्युज पाएको हो । संगीतकार शर्माकै शब्द रहेको गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर छ ।


नायिका शिल्पा पोखरेल र नायक पुष्प खड्काको नृत्य रहेको भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । छायाँकन विष्णु कल्पित घिमिरेको छ । नवल नेपाल निर्देशित ‘मंगलम’ पारिवारिक प्रेम कथामा आधारित छ । फिल्ममा शिल्पा र पुष्पसँगै अर्का नायक पृश्वीराज प्रसाईं, वरिष्ठ अभिनेता नीर शाह, अभिनेत्री मिथिला शर्मा र युवा स्टार साम्राज्ञीराज्य लक्ष्मी शाहको अतिथि भूमिका छ । यही शुक्रबार अर्थात फिल्मको प्रचार प्रसार तिव्र रुपमा गरिएको छ । पर्ख पर्ख मायालु हिट हुँदा फिल्मको ट्रेलरलाई पनि रुचाइएको छ ।

शिल्पा, पुष्प र पृश्वीसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

For More videos Log on to Mazzako TV