नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङ स्टारर फिल्म ‘लिलीबिली’ को तेस्रो प्रचार भिडियो सामाग्री अर्थात ट्रेलर सार्वजनिक गरीएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरीएको हो । सार्वजनिक उक्त ट्रेलरमा त्रिकोणात्मक प्रेम र एक्सनलाई मज्जाले प्रस्तुत गरिएको छ । मिलन चाम्सको निर्देशन रहेको ‘लिलीबिली’मा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा सुदीप बरालको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको छ । ‘लिलीबिली’ लाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् । फिल्म नयाँ वर्षको अवसरमा चैत्र ३० गतेबाट अलनेपाल सार्वजनिक प्रर्दशनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV