फिल्म ‘मंगलम’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो फिल्म निर्माण हुनुभन्दा पनि धेरै पटक रिलिज डेट सरेर चर्चामा रह्यो । फिल्मका कार्यकारी निर्माता छविराज ओझाले २ पटक फिल्मको डेट सारे र फागूण २५ गते पर्याए । यसैले, पनि नेपाली फिल्म क्षेत्रमा वाघ निर्माताको रुपमा चिनिएका छवि ओझाका लागि ‘मंगलम’ परिक्षा जस्तै भएको छ ।

फिल्मको कथावस्तु उत्कृष्ट बनेको छविको दाबी छ । छविका अनुसार फिल्म भित्र एउटा पनि फाइटको दृश्य छैन । तर, कथावस्तुले दर्शकलाई पूर्ण अवधीभर बाँध्नेछ । यसैले पनि छवि यो फिल्म चल्नेमा ढुक्क छन् । शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको साथमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष भूमिका रहेको फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चामा छ ।

नवल नेपाल पारिवारिक फिल्म बनाउन माहिर मानिन्छन् । सायद, यसपटक उनको निर्देशनमा छविले बढी विश्वास गरेको हुनुपर्छ ।

 

For More videos Log on to Mazzako TV