बारम्बार हिन्दी फिल्मको चपेटामा ‘ह्याप्पी डेज’
निर्देशक मिलन चाम्सले फिल्म ‘लिलिबिली’को पत्रकार सम्मेलनमा भनेका थिए कि, पत्रकारहरुले दर्शकलाई हिन्दी होइन नेपाली फिल्म हेर्न जानुहोस् भनेर आग्रह गरिदिनुपर्यो । मिलनले यसो भनिरहँदा उनकै निर्देशनमा बनेको फिल्म ‘ह्याप्पी डेज’ भने हिन्दी फिल्मको तगारोमा नराम्रोसँग फसेको छ ।
उनी, हिन्दी फिल्मका कारण यो फिल्मलाई यसरि अगाडि र पछाडि सारिरहेका छन् कि, दर्शकले कसरी हिन्दी छाडेर नेपाली हेर्ने नै भेउ पाउन सकेका छैनन् । यो फिल्म माघको १२ गतेबाट चल्ने कुरा थियो । तर, यो मितिमा हिन्दी फिल्म ‘पद्यमावत’ रिलिज भैदियो ।
मिलनले फिल्मको मिति सारे । पछि, चैत्र १६ गते रिलिज डेट तोके । तर, यो मितिमा टाइगर श्राफको मुख्य भूमिका रहेको फिल्म ‘बाघी २’ आउने पक्का भयो । फिल्मको ट्रेलर रिलिज भएपछि, मिलन तर्सिए र फिल्मको प्रदर्शन मिति चैत्र २ गते सारे । अब, यो मितिमा फिल्म आउने कुरामा शंका छ । किनकी, अहिलेसम्म फिल्मको प्रचार सुरुवात गरिएको छैन । यो मितिमा अजय देवगणको फिल्म ‘रेड’ रिलिज हूँदैछ ।
मिलन फेरि यो मितिबाट पनि सर्ने हुन् कि भन्ने देखिएको छ । आखिर, दयाहाङ राई, प्रियंका कार्की जस्ता स्टार कलाकार भएको फिल्मलाई हिन्दी फिल्म किन यति साह्रो तगारो बनेको होला ?
For More videos Log on to Mazzako TV