राजारामलाई भ्याइनभ्याई
अहिले केहि अभिनेता–अभिनेत्री मात्र होइनन्, हाँस्य कलाकारहरुको व्यस्तता पनि उस्तै छ । वुद्धि तामाङ, कामेश्वर चौरासिया, रामेश्वर झाँ लगायतका कलाकारको व्यस्तताको बारेमा त भन्नै पर्दैन । यस्तै, व्यस्त कलाकारमा पर्छन् राजाराम पौडेल पनि ।

फिल्म ‘हुर्रे’मा २ जना अभिनेत्रीसँग नृत्य गरेर दंग परेका राजारामलाई सेड्यूल मिलाउन धौ धौ परेको छ । उनले, फिल्म ‘जय भोले र रामकहानी’को छायांकन सकेका छन् । अब, फेरि पोखरामा पुगेर उनलाई फिल्म ‘सुश्री सम्पत्ती’को यूनिटसँग काम गर्नुछ ।
यी बाहेक उनले केहि फिल्म साइन गरेका छन् भने केहि फिल्मको छायांकन भ्याइसकेका छन् । सेड्यूल मिलाएर काम गर्दा खासै गाह्रो नभएपनि एउटा फिल्मको सेड्यूल एक साता मात्र सर्यो भने फेरि मिलाउन गाह्रो हुने उनले बताएका छन् ।
For More videos Log on to Mazzako TV








