‘फिगर कोकाकोला’ गर्ल अशिष्मा बिहे, तर कोसंग ?

‘फिगर कोकाकोला’ गर्ल अर्थात अभिनेत्री अशिष्मा नकर्मी बैबाहिक बन्धनमा बाँधिने भएकी छन् । आउँदो फाल्गुन २८ गते चार्टर्ड अकाउन्टेन्ट नविन प्रधानसँग अशिष्माले विवाह गर्न लागेको बुभिएको छ । अशिष्मा र नविनबिच मागी विवाह हुन लागेको बुभिएको छ । काठमाण्डौ स्थित मध्य बानेश्वरका स्थानीय बास्दिा नविन हाल अमेरिकामा बस्दै आइरहेका छन् । अमेरिकामै बस्ने धर्म भाईसँग साथी रहेका नविनसँगको छोटो चिनजानमा विवाह हुन लागेको अशिष्माको भनाई छ ।

अशिष्माले फिल्म ‘अन्तराल’ बाट डेव्यु गरेकी हुन् भने, यहि साल उनको फिल्म ‘मेला’ प्रदर्शनमा आएको थियो । आफै निर्माता भएर अशिष्माले नेवारी फिल्म ‘लाखे भाजु’ को निर्माण समेत गरेकी छन् । उनको फिल्म ‘मेला’ रिलिज ताका नायक आमेश भण्डारीसंगै अशिष्मासंग गरिएको मज्जाको कुराकानी हेर्नुस् :
For More videos Log on to Mazzako TV








